२०७८ मंसिर २३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । झापाको गौरादह नगरपालिका ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुन रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० नवीनराज राईका अनुसार गत कार्तिक ११ गते बिहान ११ बजेदेखि हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कार्तिक १४ गते ईलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते महमद सद्दामको घर कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगतजस्तो रातो पदार्थको छिटाहरु देखिएपछि हुसेनको हत्या भएको हुन सक्ने आशंकामा सद्दामको घर खानतलासी गर्ने क्रममा सेफ्टी ट्याङ्कीभित्र दुर्गन्धित अवस्थामा हुसेनको शव फेला परेको थियो ।

घटनास्थलबाट घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन ९मार्तोल० लगायत प्रमाणयोग्य चिजवस्तुहरु बरामद गरिएको छ । हत्याको आरोपमा पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!