२०८२ आश्विन २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल
सुनसरी । देवानगंजका बेरोजगार युवा समुहले गाउँपालिकामा अबिलम्व बेरोजगार रकम पाउनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझएका छन् । कोरोना महामारीका कारण रोजगार गुमाएका बेरोजगारहरुलाइ सरकारले तोकेको रकम गाउँपालिकामा आए पनि गाउँपालिकाले नदिएका कारण ज्ञापन पत्र बुझाएका हुन् ।

नेपालको संविधान २०७२ को धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने लेखिएको छ । तर अधिकांश जनता बेरोजगारी छन् भने काममा लागेकाहरु पनि कोरोना महामारीका कारण काम गुमाउनु परेको छ । सरकारले उनीहरुको आधारभूत आवश्यताको निम्ति दिने भनेको बेरोजगारी रकम समेत समयमा पाइरहेका छैनन् ।

देवानगंज वडा नं। ३ ले बेरोजगार ब्यक्तिहरूको नाम संकलन गरेर गाउँपालिकामा पठाएपनि गाउँपालिकाले यस विषयमा ध्यान नदिएको ज्ञापन पत्रमा भनिएको छ । उक्त कार्यक्रम बापतको रकम गाउँपालिकामा आएपनि गाउँपालिकाले कार्यान्वयन नगरेको बेरोजगार युवाहरूको भनाई छ ।

बुधबार ज्ञापन पत्र बुझाएका उनीहरूले दुईदिन भित्रमा माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!