२०७९ जेष्ठ ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१० फाल्गुन । विराटनगर – ३ कञ्चनबारी स्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुले दिने ओपीडि सेवा निःशुल्क सुरु भएको छ ।
छोटो समयमा गुणस्तरीय सेवाप्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो ।

अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जेनरल फिजियिन लगायतको ओपीडि सेवा फागुन महिना देखि निःशुल्क सुरु गरेको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । आर्यामा मष्तिक, मेरुदण्ड तथा नशा रोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेव दिदै आएका छन् । यस्तै हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवाको लागि डा. मिलन केसी, मानसिक रोग सम्बन्धीत समस्याका लागि डा. आलोक झा, जेनेरल फिजिसियन सेवाकालागि डा. राकेश कुमार मडलले सेवादिदै आएका छन् । फागुन महिना देखि विशेषज्ञ चिकित्सकहरुको सेवा सुचारु गरेको अस्पतलले जनाएको छ । स्वास्थ्यको पहुचभन्दा टाढा रहेका आर्थिक विपन्न सामुदायहरुलाई लक्षित गरि आर्या अस्पतालले निःशुल्क सेवा सुचारु गरेको बताइएको छ ।
स्वाथ्य सेवामा फड्को मार्दै अगाडी बढेको आर्याले अत्याधुनिक ‘एसीटि – ५० स्लाइस सिटी स्क्यान’ उपकरण जडान गरि संचालनमा ल्याएको छ । न्यूरो सम्बन्धी भरपर्दो उपचार गर्दै आएको अस्पतलले सिटी स्क्यान संचालनमा ल्याएपछि विरामीलाई सेवा प्रवाहमा सहज भएको छ । अस्पतालले लिने सेवा शुल्क पनि अन्य अस्पतालको तुलनामा न्यून रहेको दाबी गरिएको छ ।
अस्पतालले चाँडै स्वास्थ्य बीमा कार्यक्रम पनि सुचारु गर्ने भएको छ । विपन्न सामुदायका विरामीलाई लक्षित गरि स्वाथ्य बिमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!