२०७९ जेष्ठ ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । स्थानीय तहको विभिन्न पदमा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ ।

देशभरबाट संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार साँझ साढे ८ बजेसम्मको तथ्यांक अनुसार ७५३ तहका विभिन्न पदका लागि ५ हजार ८९५ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको हो ।

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको प्रमुखमा ८५८ र उपप्रमुखमा २७७ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

गाउँपालिका अध्यक्षमा ७२० र उपाध्यक्षमा २५४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

वडा अध्यक्षमा ३ हजार ७८६ जनाको उम्मोदवारी परेको छ । वडा सदस्यमा भने स्वतन्त्र उम्मेदवारी परेको छैन् ।

निर्वाचन आयोगको राति ८:४५ बजेसम्मको तथ्यांक अनुसार दलगत र स्वतन्त्र गरी साढे ८ बजेसम्म कूल ८४ हजार ४८३ जनाको मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!