२०७९ असार २३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाण्डौ, ३ असार |  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ ले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । अस्पतालले आज सूचना निकालेर यसबारेमा जानकारी दिएको हो ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ ।

‘यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’, सूचनामा भनिएको छ ।

अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!