२०७९ असार २३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

डुमरलाल मेहता

भोक्राहा नरसिंह । सुनसरीको भोक्राहा नरसिंह गाउॅपालिकामा आगामी आब ०७९०८० को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको सम्बन्धमा अन्तर्क्रिया, छलफल र सुझाव संकलनको गरेको छ ।

कार्यक्रममा लेखा अधिकृत महेश राना मगरले नीति तथा कार्यक्रम र बजेट तर्जुमाको अवस्था र प्रकृयाको बिषयमा कार्यपत्र प्रस्तुत गरेको थियो । छलफलको क्रममा ३२ जना सहभागीले विभिन्न सुझावहरू राखेको थियो ।

कार्यक्रमको अन्तमा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले प्राप्त सुझावहरू माथि गाउॅपालिकाले मनन गर्ने तथा गॉउपालिकाको समृद्धिका लागि पालिकाका कर्मचारीहरू विदाको दिन, कार्यालय समय अघिपछि पनि दत्तचित भएर कटिबद्ध भएर खटि रहेकोले सबै पदाधिकारीहरू र सरोकारवालाहरूले साकारात्मक ढंगले साथ, सहयोग, समन्वय, सहजिकरण गर्नुपर्ने बताउनुभयो । कायक्रममा गाउॅपालिका अध्यक्ष अजमल अख्तर अजादले हरेक सुझावलाई गाउॅपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने, सबै सरोकारवालाको साथ, सहयोग, समन्वय, सल्लाह, सुझावबाट मात्र भोक्राहा नरसिंह गाउॅपालिकाको समग्र क्षेत्रको विकासको खाका तयार हुने बताउनुभयो ।

शैक्षिक क्षेत्र सुधारका लागि उच्चस्तरिय टोली गठन गरी अध्ययन गराउने, सामुदायिक विद्यालयलाई अंग्रजी माध्यममा पठन पाठन गर्न प्रोत्साहन गर्ने, किसानहरूलाई विभिन्न किसिमको सामग्री सहुलियत उपलब्ध गराउने र बिद्धुतिय मिटर, कृषी औजार, बिद्धुतिय सिंचाई सँगै कृषी उपज तथा पशु हाट बजार ब्यबस्थापन गर्ने जानकारी दिनुभयो । त्यसै गरी अधुरा विकास निर्माण पुरा गर्ने कार्यलाई पहिलो प्राथमिकता दिने, विकास निर्माणमा छिमेकी स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारसंग सिझेदारी गर्ने, संचारमाध्यमलाई प्रोत्साहित गर्ने लगायतको कार्यहरु गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउॅपालिकाको सभाहलमा गाउॅपालिका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा आज आयोजना गरेको उक्त कार्यक्रममा गाउॅपालिका उपाध्यक्ष सुनिताकुमारी उरॉव, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सबै सामाजिक धार्मिक सहकारी संघ संस्थाको पदाधिकारीहरू, सुरक्षा निकायको प्रमुखहरू, कर्मचारीहरू लगायत १५० जनाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!