२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित जनप्रतिधीले रचनात्मक काम सुरु गरेको छ ।
२०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षमा अजमल अख्तर अजाद निर्वाचित भएपछि कार्यपालिकाबाट विभिन्न निर्णयहरु पारित गरेर रचनात्मक काम सुरु गरेका हुन् ।

गाउँपालिकामा नेपाली काङ्ग्रेसको नेतृत्व पाएपछि अहिले जनमुखी निर्णय गर्दै काम सुरु गरिरहेएको अध्यक्ष अजादले बताए ।

गाउँपालिकाले गरेका निर्णयहरु वेभसाइट मार्फत सार्वजनिक गर्दै सर्वसाधारणहरुलाई जानकारी गराउदै आएको छ । सर्वसाधारणहरुलाई सूचनाको हकबाट बञ्चित हुन नदिनका लागि गाउँपालिकाले हरेक गतिविधिहरुलाई आधिकारिक फेसबुक पेज मार्फत दैनिक रूपमा सार्वजनिक गर्दै आएको गाउँपालिका अध्यक्ष अजादले जानकारी दिए ।

नीति कार्यक्रम बजेट तर्जुमा गर्दा स्थानीय राजनीतिक दल, बुद्धिजिवी, सामाजसेवी, सरोकारवालासंग सल्लाह सुझाव परामर्श लिई सर्वपक्षिय माग अनुसार यसपालीको बजेट शैक्षिक सुधार र किसान केन्द्रित मैत्रीपुर्ण बजेट निर्माण भएको समेत अध्यक्ष अजादले जानकारी दिए ।

वडा कार्यालयमा निःशुल्क हेल्प डेस्क स्थापना, निशुल्क रूपमा निवेदन लेख्ने, फारम भर्ने, फोटोकपी गर्ने काम सुरु भएको र विभिन्न किसिमका निःशुल्क शिविरहरू समेत आयोजना भइरहेकोले गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीको नेतृत्व आएको एक सय दिन नबित्दै उनिहरुको कामबाट सर्वसाधारणहरु खुशी भएका छन् ।
शिक्षा सुधार गर्न गाउॅपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरूको टोली, स्थानीय, शिक्षाप्रेमी ,भद्रभलादमी, वुद्धिजिवी, संचारकर्मी र अभिभावक सहित विभिन्न विद्यालयहरूमा खटिरहेका छन् । उच्च स्तरिय शैक्षिक सुधार अध्ययन टोलीको प्रतिवेदन बमोजिम विद्यालयहरू मर्ज गर्ने, पाँच कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने, कार्यक्षमता कमजोर भएका शिक्षकलाई तालिम दिने, स्थानान्तरण गर्ने लगायतको तयारी गाउँपालिकाको छ ।

लामो समय सम्म एउटै शाखा, एउटै जिम्मेवारीमा बसिरहेका कर्मचारीहरूलाई हेरफेर गरि छिटो छरितो सेवा प्रदान गर्नका लागी गाउँपालिकाको ध्यान केन्द्रित भएको छ ।

विकास निर्माण तथा अन्य क्षेत्रमा कुनै पनि त्रुटी कमीकमजोरी नहोस भनेर अनुगमन निरीक्षण कार्यलाई एकदमै प्रभावकारी बनाइएको छ भने निर्माण ब्याबसायीहरूलाई पटक पटक सचेत गराई गुणस्तरहिन निर्माण सामाग्रीहरू साइटबाट नै फिर्ता गर्ने कामलाई विशेष प्राथमिक दिइएको गाउँपालिका अध्यक्ष अजादको भनाई छ ।

अनुभवी विज्ञहरूबाट जननिर्वाचित पदाधिकारी र कर्मचारीहरूलाई क्षमता विकास तालिन प्रदान गरिएकोले जनताको काम सहज तरिकाबाट गर्नका लागि मद्दत पुगेको छ ।

करार सेवामा कार्यरत कर्मचारीहरूको कार्य सम्पादनस्तर मूल्याङ्कन तथा नयॉ अवधिको लागि करार सम्झौता सम्बन्धी मापदण्ड, २०७८ बमोजिम करार सेवामा कार्यरत कर्मचारीहरूलाई ब्यबस्थापन समेत गरिएको छ । गाउँपालिकामा रहेका विकृतिहरुलाई अन्त्य गरि सुधारतर्फ पालिकाले निगरानी बढाएको र केही कमजोरीहरु पाइएमा समयमै गुनासो गरि सरसल्लाह र सुझाव दिनका लागि सर्वसाधारणहरुलाई पालिकाको अध्यक्ष अख्तर आजादले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!