देवानगजं । सुनसरीसहितका मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ ।
भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगनको अरिप्पनमा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले पुरी, मिष्ठान्न परिकार खाजा (पिरुकीया) र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफुल चन्द्रमालाई देखाएर ब्रत समापन गरिन्छ । यो पर्वमा खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलफूल चन्द्रमालाई देखाएर परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद ख्वाएपछि यो पर्व समापन गर्छन् । ।
खास गरेर आजको दिन हातमा फलफूल, दही तथा अन्य प्रकारको पक्वानहरु लिएर चन्द्रमा को दर्शन गर्नाले सबै प्रकारको मिथ्या आरोपहरूबाट मुक्त हुने जनविश्वास रहेको छ ।




