२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

डुमरलाल मेहता

बर्जु । बर्जु गाउँपलिकामा विद्यार्थीहरुलाई व्याग वितरण गरेको छ। सुनसरीको बर्जु गाउँपालकिा वडा नं. १ को सहयोगमा श्री लक्ष्मी आधरभुत विधालयका विद्यार्थीहरुलाई ब्याग वितरण गरेको हो । सामुदायिक विधालय प्रति विधार्थीलाई थप आकर्षक बढाउन र विद्यार्थीहरु विधालय आउन लागि विचैमा नछोडोस् भन्ने उदेश्यले व्याग वितरण गरेको हो।

मंगलबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि बर्जु गाउँपलिका वडा नं. १ मा रहेको श्री लक्ष्मी आधारभुत विधालयका बाल विकास केन्द्र देखि कक्षा ५ सम्म अध्यनरत ११८ जना विधार्थीलाई ब्याग वितरण गरेको बताउनुभयो।

कार्यक्रमको प्रमुख अथिति बर्जु गाउँपालिका अध्यक्ष जिवछ कुमार रायले यस विधालयको पहिलाको अवस्था र अहिलेको अवस्था धेरै नै फरक भएको बताउनुभयो । कुनै बेला यस विधालयलाइै मर्ज गर्नु पर्छ भन्ने कुरा आएको थियो तर नेकपा एमाले सरकार ,नयाँ विधालय व्यवस्थापन समिति र संस्थापकहरुको अनावरनले अहिले विधालय संगै अध्यनरत ११८ जना विधार्थीहरुको मुहार नै फेरिएको अध्यक्ष रायले बताउनुभयो । उहाँले गाउँपालिकाका शिक्षा क्षेत्रमा सुधार ल्याउन स्थानीय सरकारको साथ र सहयोग रहने बताउनुभयो। यस विधालयमा विभिन्न समस्या भए ता पनि तत्काल यसपाली ५ लाख रुपैयाँँ छुट्याइएको र घेरावेरा वाल, कम्पाउन्ड भित्र पानी जम्ने र बाटोको समस्यालाई तत्काल मर्मत तर्फको लागि बजेट हल्ने भन्ने प्रतिवधता दिएको जनाएको छ।

त्यसै गरि विशिस्ट अथिती गाउँपालिकाका उपाध्यक्ष नितु कुमारी चौधरीले यस विधालयलाई स्थानीय सरकारको पुर्ण साथ र सहयोग गर्ने र विधालयलाई यो वडाको नमुना विधालय बनाउनुपर्छ जोड दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष दिलबहादुर गुरुङले भन्नुभयो यो त एक सुरुवात हो । सामुदायिक विधालयमा गुणस्तरीय शिक्षाको लागि आफुले आन्दोलन नै गरेको बताउनुभयो। यो विधालयलाई आफ्नो कार्यकालमा यो गाउँपालिकाको मात्र हैन देशको नमुना विधालयको रुपमा हेर्न चाहेको बताए । उहाँले भन्नुभयो तपाईलाई लाग्दै होला यो एक ब्याग त हो । शिक्षाको सवालमा कसैको कुरा सुन्दैन शिक्षकहरु अगाडि बड्नुस् वडा कार्यालय साथमा रहेको प्रतिवधता जनाएको बताउनुभयो।

स्थानीय र संस्थापकको तर्फबाट हेम नारायण चौधरीले यो विधालय सम्म आउनको लागि करिब ५०० मिटर बाटो खाराब छ विधार्थीलाई मत्रै हैन स्थानीयलाई पनि सास्ती खेप्नुपरेको बताए ।

कार्यक्रममा विद्यालयका संस्थापकहरुलाई विद्यालयले सम्मान समेत गरेको छ । २०४५ सालमा एउटा झुपडी,मन्दिरमा समेत अध्ययन अध्यापन गर्न दिन रात मेहनत गरेर खटिएका संस्थापक केदार प्रसाद कसजु , बद्री यादव ,हेमनारायण चौधरी ,किसनलाल चौधरी ,सुन्दरलाल उराँव , गोपाल प्रसाद पौडेल तथा भु.पु. प्र.अ.महेन्द्र प्रसाद कामतलाई दोसाला वोढाएइ र सम्मान पत्र प्रदान गरि प्रमुख अथिति ,विशिष्ठ अथिति र विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन यादवले सम्मान गरेको थियो ।

कार्यक्रममा बर्जु गाउँपालिका अध्यक्ष जिवछ कुमार राय , उपाअध्यक्ष नितु कुमारी चौधरी , १ नं. वडा अध्यक्ष दिलबहादुर गुरुङ , प्रहरी चौकि इन्चार्ज तिर्थ बनजारा ,पुर्व वि.व्य.स. अध्यक्ष हेमनारायण चौधरी ,युवा समाज सेवि जयराम चौधरी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!