डुमरलाल मेहता
विराटनगर । रंगेली नगरपालिका वडा नम्बर २ वडा कार्यालयको आयोजना, तेज कोलही एण्ड रुइत फाउण्डेसनको सहयोग र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरको प्राविधिक सहयोगमा मोरङको रंगेली नगरपालिका वडा नम्बर २ वडा कार्यालयको प्राङेगणमा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
रंगेली नगरपालिका वडा नम्बर २ का आर्थिक अवस्था कम भएका स्थानीय बासिन्दालाई लक्षित गरि शिविर संचालन गरिएको वडा नम्बर २ का वडा अध्यक्ष सन्तलाल खवासले जनाएको छ ।
निःशुल्क शिविरमा रंगेली नगरपालिका वडा नम्बर २ र अन्य क्षेत्रका गरि करिब ३०० जनाभन्दा बढीले सेवा लिएका छन् । निःशुल्क शिविरमा उपस्थित भएका मध्ये ३८ जनालाई मोतिया बिन्दु अपरेसनका लागि सिफारिस समेत गरेको छ ।
रंगेली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सन्तलाल खवासले शिविरआयोजनाले न्यून आर्थिक अवस्थाका आँखा रोगीलाई उपचारमा सहयोग पुगेको बताए। अगामी दिनमा पनि यस्तै स्वास्थ्य शिविर गरेर यहाँका जनताहरु सहयोग गर्ने बताए ।




