२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ का जनताको मनमा बस्न सफल नेतृको रुपमा परिचित हो । मिलनसार , सहयोगी र हकी स्वभाव भएकी भगवती चौधरी लाई मंसिर ४ गते हुने निर्वाचनमा विजयी बनाउको लागी कार्यकर्ता देखी स्थानिय क्षेत्रमा रहेका जनताहरु लागी परेका छन । यस पालिको मङ्सिर ४ को चुनावमा भगवती चौधरीलाई कुनै पनि शक्तिले प्रासत गर्न सक्दै भने क्षेत्र न.३ का जनता को भनाइ रहेको छ ।

एकल महिला भएनी जनता प्रतिको अथाह माया , स्नेह र प्रेम र आपत परेको अवस्थामा हरेक पक्षबाट आफना जनताको समस्या लाई आफनो समस्या ठानेर जनताको झुपडिमा आशाको दियो बाल्ने काममा सक्रिय रहनुभएको छ । आर्थिक रुपमा न्युन आय स्रोत भएका व्याक्तिहरुलाई आवश्यक समयमा सहयोग गर्नको लागी र गरिवलाई आर्थिक पहुँच र गरिव जनतामा बचतको बानी विकास गर्न उहाले फरवार्ड माइक्रोफाइनेन्स र फरवार्ड इनर्प्राइजेज लगायतका सस्थाको माध्यमबाट आर्थिक रुपमा पिछडिएको आफनो क्षेत्रका जनतालाई स्वरोजगारमुलक व्यावसाय र जिवन स्तरमा सुधार ल्याउनको लागी प्रयास गर्नुभएको छ ।

आफु पदमा नहुदा पनि जनताको समस्यालाई निराकरण गरि जिवन स्तर र आर्थिक रुपमा सक्षम बनाएर मुलुकको सेवा गर्नको लागी निरन्तर लागी पर्नुभएको छ । गरिवी र अभावमा भौतारिएका लाई उचित ढंगबाट सिपमुलक व्यावसायमा लगाउनुपर्ने उहाँले बताउनुहुन्छ ।

वाढी र डुवानमा परेका जनतालाई राहतको कदममा होस या बिरामी हुदाँ गरिव र असहायहरु उहाँको अगाडि आउँछन । सहयोगी भावना र विकास प्रेमी नेतृको रुपमा सुनसरी क्षेत्र ३ का जनताले भगवती चौधरीलाई लिएका छन । जनतालाई सहज रुपमा यातायत , सञ्चार , शिक्षा र रोजगारीका क्षेत्रमा सहज पहुँच पुयाउनु पर्ने उहाँको धारणा रहेको छ ।

फरवार्ड माइक्रोफाइनेन्सले गरिव जनताको आर्थिक जिवन स्तरमा सुधार ल्याएर नेपाली निम्न वर्गका आफना सेवाग्राहीमा वितीय अवस्थामा सुधार गर्ने लक्ष्य लिएको छ । नेपालको ४९ जिल्लामा संचालित शाखाहरु बाट जनताले प्रत्यक्ष रुपमा लाभ लिएका छन । सरल रुपमा वितीय स्रोत समुहमा आवद्ध भएर पाए पछी अधिकाश वचतकर्ताको दिनचर्यामा परिवर्तन भएको छ । रोजगारीको अभावमा रहेका ले रोजगारी पाएका छन भने । कतिपय ले आफनो कृषी बालीका लागी आवश्यक पर्ने रासायनिक मल खरिद गर्न पैसा पाएका छन ।

वहाँमा कृषिमा क्रान्ति ल्याउनु पर्ने बताउनुहुन्छ ।कृषी क्षेत्रलाई निर्यातमुखी तथा आत्मनिर्भर बनाउने सोचका साथ आफु निरन्तर रुपमा लागी परेको उहाँ बताउनुहुन्छ । प्रविधि सगं जोडिदै किसानहरु लाई पर्याप्तमात्रामा कृषिको विषयमा तालिम एवम विभिन्न कृषी सामाग्रीको उत्पादन को सहि बजारीकरण गर्ने । उर्वर भुमी भए पनि बैज्ञानिक कृषि प्रणाली लागुु गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

गुणस्तर तथा प्रविधि शिक्षामा जोड दिने ,युवा तथा देशको दक्ष जनशक्ति लाई पलायन भैरहेको अवस्थामा रोजगारीको अवसर देशमा नै सिर्जना गर्ने वातावरण बनाउनुपर्ने उहाँको धारण रहेको छ । उहाँ भन्नुहुन्छ ’ मलाई कुनै पनि किसिमको लोभ छैन किन कि म र मेरो परिवारलाई मैले र मेरो श्रीमान स्वर्गीय दिनेश चौधरीले आर्जन गरेको छु । अब म जानताको सेवाको लागि राजनीतिमा आको छु । जनता हाम्रो भगवान हो म जनताको पुजारी हुन । म लाई सेवा गर्ने मोका दिएको छ यसपाली परिवर्तन चाहेको छ । म वाहाहरुको सपनालाई पूरा गर्छु । गाउँ देखि शहरीकरण सम्म्मको सोच रहेको छ ।’ जनताको भावना र जनताको समस्यालाई आफनै समस्या ठानेको कारणले भगवती चौधरीको चर्चा सुनसरी क्षेत्र ३मा चुलिदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!