२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं। नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट विजयी हुनुभएको छ । यो विजयीसँगै नेपाली कांग्रेसले जितको खाता खोलेको हो ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो । यद्यपि, यस विषयमा मुख्य निर्वाचन कार्यालय मुस्ताङले औपचारिक घोषणा गर्न बाँकी छ ।

योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ । योगेश सम्भवतः कान्छो प्रतिनिधिसभा सदस्य बन्नुहुनेछ । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुनुहुन्छ ।

आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!