२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन् ।

१७०० मत गणना हुदा स्वतन्त्र उम्मेदवार मण्डलले १३०० मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ३०० र जसपा उम्मेदवार राजकुमार यादवले १०० मत पाएका छन् ।
क्षेत्र नम्बर ५ को धनपालथान गाउपालिका ४ मा मतगणना जारी छ । मण्डल सोही वडाका बासिन्दा हुन् ।

यो क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भएको छ र एमालेले जसपाका राजकुमार यादवलाई उम्मेदवारी छाडेको थियो । त्यसपछि एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!