२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

डडेल्धुरा । डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै अग्रता लिएको छ । देउवा गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ ।

सभापति देउवा (रुख) ले ४८ मत प्राप्त गरेर अगाडि हुनुहुन्छ भने कांग्रेस वीपीका कर्णबहादुर मल्ल (करुवा) ले ४२ मत प्राप्त गरेर पछ्याउँदै छ । यसैगरी, स्वतन्त्र उम्मेदवार सागर ढकाल (सुई) ले १७ मत प्राप्त गरेको छ ।

प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरामा सोमबार अपरान्हदेखि मात्रै मतगणना सुरु भएको छ । डडेल्धुरामा ९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । आइतबार १३९ वटै मतदान केन्द्रमा शान्ति पूर्वक निर्वाचन सम्पन्न भएको थियो ।

भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिकाको बसौटीमा मतपेटिका बोकेको जिप बिग्रएपछि सोमबार दिउँसो मात्रै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगाउन सकिएको थियो । त्यसै कारण मतगणना गर्ने कार्य ढिलो गरी सुरु भएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!