२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री तथा गठबन्धनबाट प्रदेशसभा क्षेत्र नं १ का लागि साझा उम्मेदवार राजेन्द्रकुमार राई लगातार दोस्रो पटक निर्वाचित भएका छन्। उनले नेकपा एमालेका हरिबहादुर राईलाई ३ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

प्रदेशसभा क्षेत्र नं १ का लागि सत्ता गठबन्धनबाट नेकपा (एस) का साझा उम्मेदवार बनेका राजेन्द्रले १६ हजार एकसय १० मत ल्याउँदै दोस्रो पटकका लागि निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका हरिबहादुर राईले कुल १२ हजार २ सय २३ मत प्राप्त गरे। प्रदेशसभा १ का लागि भोजपुरमा कुल ३२ हजार ४ सय ९ मत खसेको थियो भने प्रतिनिधिसभाका लागि कुल ६२ हजार एकसय ८१ मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!