२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,३ पुस  : नेपाल सरकार र भारतीय सरकारबीच सम्पन्न बीसीजीएसआई को बैठकहरूमा भएको सम्झौता अनुसार दुई देशका सेनाका उच्च तथा मध्यम तहका अधिकृतहरूबाट दुई देशबीच निरन्तर रूपमा स्थलगत अवलोकन तथा अध्ययन भ्रमण सञ्चालन गर्ने भनी उल्लेख भएअनुसार भारतीय सेनाको टोली काठमाडौं आएको छ ।

आर्मी ट्रेनिङ कमाण्डका चिप स्टाफ लेप्टिनेन्ट जनरल जेएस सन्धुको सहितको भ्रमणदल औपचारिक भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएको हो । भारतीय भ्रमण दललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नं १४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विनोद खरेलले स्वागत गर्नुभएको थियो । भारतीय टोली पुस ९ गतेसम्म नेपालको भ्रमण दौरानमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने ।

साथै टोलीले कमाण्ड तथा स्टाफ कलेज, नेपाली सैनिक प्रतिष्ठान, नेपाली सैनिक वार कलेज, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण, पश्चिम पृतना हेडक्वार्टरको भ्रमण, नेपाली सैनिक ब्याटल स्कुलको भ्रमण र धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस्तो खाले भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!