२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौ,१३ पुस :  यस वर्ष धान उत्पादनमा वृद्धि भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा केही प्रतिशत वृद्धि भएको छ ।

मन्त्रालयको यस वर्षको धान उत्पादनको सम्पूर्ण विवरण भोलि सार्वजनिक गर्ने जनाएको छ । आज मन्त्रालयले धान उत्पादनको विवरण सार्वजनिक गर्ने तयारी गरे पनि सचिवस्तरीय निर्णय हुन बाँकी रहेकाले भोलि सार्वजनिक गरिने मन्त्रालयका प्रवक्ता सञ्जेलले बताउनुभयो ।

गोरखापत्र अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, “यस वर्षको धान उत्पादनमा केही प्रतिशत वृद्धि भएको छ । यो सबै विवरण हामी भोलि सार्वजनिक गर्नेछौँ ।”

गत वर्ष धानबाली भित्र्याउने समयमा बेमौसमी वर्षा भएका कारणले धान उत्पादनमा कमी आएको थियो । यस वर्ष धानबाली लगाउने समयमा पर्याप्त समयमा पानी परेको र भित्र्याउने समयमा उपयुक्त मौसम भएका कारण उत्पादन बढेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!