२०८३ जेष्ठ २४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर ५ माद्य । उपचार गराउन आएको जिउदो एक नावालक बच्चालाई कोशी अस्पतालमा कार्यरत चिकित्सकहरुले मृत्यू भएको पुष्टी गरेको घटनालाई लिएर अस्पताल प्रशासनले बालरोग बिशेषज्ञ डा. प्रविण झाको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको छ । छानविन समितिको सदस्यहरुमा डा.सूर्यकान्त चौधरी र अस्पतालका प्रशासन प्रमुख रामप्रसाद नेपाल छन । घटनामा संग्लग्न सवैलाई अस्पतालले विहिवारनै स्पस्टिकरण सोधेर छानविन प्रक्रृया नटुगिंए सम्म काममा नआउन पत्र पठाएको छ ।

विराटनगर ८ थानगाछी बस्दै आएका दिपिल मुखीय र ३० बर्षिया उमा मुखियाकी १७ दिने छोरीलाई उपचार गराउने क्रममा अस्पताल इर्मजेन्सी सेवाका मेडिकल अफिसर आकाश यादव , अहेव द्धय लक्ष्मण माझी र टिका भण्डारीले मृत भएको पुष्टी गरेका थिए । मृत घोषणा गरिएको बच्चालाई दाहसंस्कार गर्ने तयारी गरिरहेको बेला बच्चा अचानक रोएपछि अस्पताल प्रशासन विवादमा परेको हो । कोशी अस्पतालका प्रवक्ता रामप्रसाद नेपालले यर्थाथ अवस्था जाँचबुझको लागि छानविन समिति गठन गरिएको बताए । छानविन समितिले दिएको प्रतिवेदनका आधारमा अस्पताल प्रशासनले केन्द्रको निर्देशन अनुसार एक्सन लिने उनको भनाई छ ।

मोरङ जहदा—३ भाथीगन्ज घर भई सुत्केरी बस्न माईत आएकी उमाले १७ दिन अघि छोरीको जन्म दिएकी हुन । जन्मिएदेखी बच्चाले आमाको दुध नखाएको ,आँखा हेर्न सम्म नकसकेको र रुदा पनि नरुने समस्या आएपछि कोशी अस्पताल ल्याएको बताईन ।

उपचार गराउने क्रममा बच्चाको मृत्यु भैसकेको छ डाक्टरहरुले भन्नु भो , उनले भनिन , म रुदै कराउदै माईत पुगे र बच्चाको दाहसंस्कार गर्ने तयारी घरपरिवारले गरे । मृत घोषित गरिएको बच्चाकी माईजुले बोकेर हेर्दा बच्चा अचानक रोएपछि तत्कालै उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पताल ल्याएको उनले जानकारी दिईन ।
गोल्डेन अस्पताल प्रशासन प्रमुख सन्तोष मेहताले बच्चालाई अक्सिजन दिएर राखिएको छ । बच्चामा संक्रमण फैलिदै गएपनि विहिवार सम्म सुधारमुन्ख रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!