सुनसरी — धरान उपमहानगरपालिका–१५ मा आज शनिबार बिहान मर्निङ वाकका क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा तेह्रथुम म्याङलुङ नगरपालिका -१० स्थायी घर भई हाल धरानमा बसोबास गर्दै आएका ४० वर्षीय भीम सुन्दर लिम्बू रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डिएसपी )प्रकाश जबेगुले जानकारी दिए ।
स्थानीयका अनुसार , लिम्बू बिहान करिब ६ बजे मर्निङ वाकका लागि घरबाट निस्केका थिए। सोही क्रममा एक्कासि लड्दा घटनास्थलमै उनको मृत्यु भएको डिएसपि जबेगुले बताए ।
मृत्युको कारण खुल्न नसकेको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।


										
												
												
												
												
												
												

