सुनसरी ः सुनसरीको बराहक्षेत्रमा गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउदा एक जना घाइते भएका छन्,।
प्रहरी आज(शनिबार) बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक वन क्षेत्रमा प्रहरीले ३ राउण्ड गोली चलाएको थियोे ।
प्रहरीले चलाएको गोली लाग्दा बराहक्षेत्र नगरपालिका – ३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका हुन् । उनको दाहिने तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
शंकास्पद बोरा बोकेर हिडिरहेकाहरुलाई प्रहरीले रोक्न खोज्दा लिम्बूले खुकुरी प्रहार गर्न खोजेका थिए । अन्य एक जना भने बोरा छाडेर भागेको र खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।


										
												
												
												
												
												
												

