
विराटनगर १५ जेष्ठ : यूवाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गरुन भन्ने ध्येय राखी पहिलो बार्षिक उत्सवको अवसरमा विराट यूवा मञ्चले वैचारिक बहस कार्यक्रमको आयोजना गरेको छ ।
प्रतिभा भएका यूवाहरुलाई प्रोत्साहित र उत्साहित गर्दे जाने उद्देश्य लिई मञ्चले गणतन्त्र दिवशको अवसर पारेर विहीवार विराटनगरको एलिट क्लवमा पहिलो पटक विचार मन्थन कार्यक्रमको आयोजना गरेको हो । यूवाहरुको दृष्टिकोणमा गणतन्त्र कि राजतन्त्र भन्ने विषयमा आयोजित बहस कार्यक्रममा कांग्रेसका यूवा नेता तथा जीपी कोइराला फाउन्डेशन कोशी प्रदेशका सहसचिब अनुराज पाठकले वर्तमान अवस्थामा गणतन्त्रको विकल्प नरहेको बताए । संविद्यानमा नमिलेका केही वुँदाहरु संशोधन गरेर प्रदेश र स्थानीय तहलाई शसक्त बनाउन सकिने र त्यसले गणतन्त्रिक व्यवस्था लाई थप बलियो बनाउने धारणा राखे । संविद्यान प्रति केही असन्तुष्ठि छन त्यसलाई समय साक्षेप परिमार्जन गर्दै लानु पर्ने पाठकको सुझाव छ ।
कार्यक्रममा विराटनगर डिग्री क्याम्पसका स्वयवियू सभापति पृत्तम साह , एमाले मोरङका सदस्य मिलन घिमिरेले वर्तमान अवस्थामा उपयुक्त व्यवस्थानै गणतन्त्र भएको जिकिर गरे । मूलुक संघीयतामा प्रवेश गरेपश्चात विकासका ढोकाहरु खुल्दै गएको र यसलाई संस्थागत बनाउनु पर्ने धारणा उनीहरुको छ ।
एलिट क्लव विराटनगरका अध्यक्ष विश्वनाथ रिजालले आजका यूवाहरुले विचारमा स्पस्टता ल्याउने र फरक दृष्टिकोणलाई सुन्ने र वहस गर्ने क्षमता भएकाले यस्ता कार्यक्रम आयोजना हुनु अत्यन्तै सहनिय रहेको चर्चा गरे ।
मञ्चका अध्यक्ष अभिषेक भट्टराईले यस्ता वहस र वैचारिक कार्यक्रम नियमति संचालन गर्दै जाने प्रतिवद्धता जनाए । बहस कार्यक्रममा विभिन्न क्षेत्रका यूवा , विद्यार्थी , राजनीतिक कार्यकर्ता र वुद्धिजिवीहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो ।