२०८२ चैत्र ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर २० जेठ : । अवैध यार्चागुम्बासहित संखुवासभामा मंगलबार प्रहरीले १ जनालाई पक्राउ गरेको छ । जुम्लाको सिंजा गाउँपालिका–३ घर भएका ४६ वर्षीय ऐनबहादुर शाही पक्राउ परेका हुन् ।

राजस्व छली गरेर अवैध रूपमा यार्चागुम्बा ल्याउँदै गरेको जानकारी प्राप्त हुनसाथ संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले नियन्त्रणमा लिन टोली परिचालन गरेका थिए । प्रहरीले बिहान ८ः५० बजेतिर उक्त सूचना पाएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खाँदबारी नगरपालिका–३ सुमन चोकबाट शाहीलाई पक्राउ गरेको हो । को १ ज २६३१ नम्बरको भाडाको बोलेरो गाडीमा मकालु गाउँपालिका–५ नुमबाट सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेका बेला शाहीलाई पक्राउ गरिएको संखुवासभा प्रहरीका इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गाडी रोकेर चेकजाँच गर्दा शाहीले झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा १ किलो ६ सय ७० ग्राम यार्चागुम्बा बरामद भएको छ । साथै, पक्राउ परेका शाहीले बोकेको नेपाली २५ हजार ४ सय ३० रूपैयाँ र भारतीय ७ सय ३० रूपैयाँसमेत बरामद भएको इन्स्पेक्टर श्रेष्ठले बताए ।

प्रहरीले पक्राउ गरेर उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय संखुवासभाको जिम्मा लगाएको छ । वनको प्रारम्भिक अनुसन्धानबाट पनि शाहीले राजस्व छली गरेर यार्चागुम्बा लैजान लागेको पत्ता लागेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!