२०८२ आश्विन १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी : प्रगतिशील लेखक सङ्घ नेपाल, सुनसरीको आयोजनामा कवि विमल स्मृति पुस्तकालय, धरान–१८ बुद्धचोकमा एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत कथासङ्ग्रह ‘राजवृक्षको हाँगो’ माथिको विमर्श, अग्रगामी रचना वाचन तथा स्रष्टा सम्मान समावेश गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ प्रा. डा. खेमराज खनाल थिए। उनले धरानमा प्रगतिशील धार अझै सशक्त रहेको बताउँदै यस्तो धारा जगेर्ना गर्न साहित्यिक जमातको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। विशिष्ट अतिथि बम देवानले राज्यले प्रगतिशील साहित्यको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे।

कार्यक्रममा प्रगतिवादी साहित्यकार टीका मिलनको कथासङ्ग्रह ‘राजवृक्षको हाँगो’ माथि साहित्यकार रेखा सुवेदीले गहिरो समीक्षात्मक प्रस्तुति दिएका थिए। सोही अवसरमा प्रा. डा. भोलानाथ पोखरेल, लता कार्की, राजेन्द्र किराँती, टीका मिलन र जमुना श्रेष्ठलाई साहित्यिक योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
डम्बरु बल्लभ अधिकारीले विकृत साहित्यको बढ्दो प्रवृत्तिसँगै प्रगतिशील धार कमजोर हुँदै गएको भन्दै लेखकलाई सजग र सचेत रहन आह्वान गरे। कार्यक्रममा उपस्थित दर्जनौं साहित्यकारले आफ्ना अग्रगामी रचना वाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन प्रलेस, सुनसरीका सचिव कृष्णप्रसाद नेपालले गरेका थिए भने अध्यक्षता विमला पोखरेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!