 
							काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलबीच भएको संवादबारे वरिष्ठ पत्रकार किशोर नेपालले खास दाबी गरेका छन्।
बुधबार सामाजिक सञ्जाल एक्समा उनले भदौ २४ गते सुरक्षा प्रमुखहरूको बैठकमा सेनापति सिग्देलले राष्ट्रपति समक्ष राजीनामा दिन आग्रह गरेको खुलासा गरेका हुन्।
नेपालका अनुसार सेनापति सिग्देलले राष्ट्रपति पौडेललाई राजीनामा दिनुहोस् बाँकी हामी सम्हाल्छौं भन्ने प्रस्ताव गरेका थिए। तर राष्ट्रपति पौडेलले सो प्रस्ताव अस्वीकार गर्दै आफू कुनै परिस्थितिमा पनि राजीनामा नदिने बताएका थिए।

नेपालका शब्दमा राष्ट्रपति पौडेलले जवाफमा भनेका थिए म राजीनामा दिन्न, बरु तपाईंहरूले मलाई मारिदिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइदिनुहोस्। त्यसपछि तपाईंहरूलाई जे गर्न मन लाग्छ त्यो गर्नुहोस्।
वरिष्ठ पत्रकार नेपालको दाबीलाई लिएर विभिन्न वृत्तमा चर्चा सुरु भएको छ। तर यसबारे आधिकारिक पुष्टि भने भएको छैन।


 
										 
												 
												 
												 
												 
												 
												

