विराटनगर, २० माघ । अमेरिका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि कडा चेतावन दिएका छन् । सेनाले सत्ता कब्जा गरेको घटनाको निन्दा गर्दै बाइडेन म्यानमारमाथि फेरि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।
म्यानमार सेनाले सोमबार त्यहाँको सत्तारूढ नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) नेत्री आङ सान सुची, राष्ट्रपति विन मिन्टसहितका लोकतन्त्रवादी नेताहरूलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो । सो घटनापछि बाइडेनले म्यानमारमा प्रजातन्त्र पुन:स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय एक हुनुपर्ने पनि बताएका छन् ।
उनले विज्ञप्ति जारी गर्दै म्यानमार सेनाविरुद्ध उपयुक्त कदम चाल्ने चेतावनीसमेत दिएका छन् । अमेरिका सधैं प्रजातन्त्रमाथि हुने आक्रमणको विरुद्धमा उभिने बाइडेनको भनाइ छ ।




