विराटनगर, २२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज गरिरहेकाे आमहड्तालको विरोध जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बन्द, हड्तालले जनताको मन जित्न नसकिने बताउँदै जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सह्य नहुने बताएका हुन् ।
प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु आज आमहड्तालका लागि सडकमा उत्रिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्रले भने हडताल वा जन विरोधी क्रियाकलापले जनचाको मन जित्न नसकिने जनाएका छन् । “जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ । सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी क्रियाकलापले । जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न,” उनले लेखेका छन् ।
जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ । सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले । जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) February 4, 2021




