
विराटनगर, २३ माघ । सुनसरीको देवानगञ्ज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहतालाई पत्नि शोक परेको छ । शुक्रबार मध्याह्न १२ बजे अध्यक्षकी पत्नि घोङरीदेवी मेहताको ७२ वर्षको उमेरमा निधन भएको हो ।
उनको पारिवारिक सदस्यले दिएको जानकारीअनुसार घोङरीदेवीको विराटनगरस्थित नोबेल मेडिकल टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बिहीबार राति ११ बजे अत्यधिक पेट दुखेपछि नोबेल ल्याइएकी घोङरीदेवीको उपचारका क्रममा निधन भएको नाति राजीव कुशवाहाले जानकारी दिए । उनका अनुसार घोङरीदेवीकाे हृदयघातको समस्या भएकोले निधन भएको हो ।
उनका २ छोरा छन् । घोङरीदेवी अध्यक्ष मेहताकी जेठी पत्नि हुन् । कान्छी पत्निको भने २०७५ साल माघमा निधन भएकाे थियो । कान्छी पत्निपट्टिका एक छोरा र एक छोरी छिन् ।