काठमाडाैँ, ६ फागुन । अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा जाँदैछन् । प्रधानमन्त्री ओली बिहान ११ बजे लिखित जवाफ बोकेर सर्वोच्च जाने कार्यक्रम छ ।
गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए । सो मुद्दामा लिखित जवाफ लिन उनी सर्वोच्च जाने भएका हुन् ।




