२०८३ जेष्ठ २४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दले सरकारसँग भएको तीनबुँदे सहमतिभित्र देश र जनताको समृद्धि देश बनाउने महान आकांक्षा लुकेको बताएका छन् । सरकार र नेकपा (विप्लब समूह) बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उनले सो कुरा बताए ।

महासचिव चन्दले नेपाली राजनीतिक आन्दोलन सफलताको महत्वपूर्ण दिनको रुपमा ‘२१ गते’ लाई व्याख्या गरे । “यो सहमति सरकार र हाम्रो मात्र होइन, सहमति केवल पार्टीको कुरा मात्र होइन, नेताको कुरा मात्र होइन, सहमतिको भित्र लुकेको महान आकांक्षा छ” चन्दले थपे,“सहमतिपत्रको भित्र नेपाललाई समृद्ध बनाउने समृद्धिको आकांक्षा छ ।”

अँध्यारो परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानी जङ्गलमा पाँच जना अग्रजले आफ्नो जीवन कुर्वानी गरेको दिनको स्मरण गर्नुहुँदै नेता चन्दले त्यो दिन आजै भएको चर्चा गरे ।  “आजसम्म धेरैको सपना पूरा भए तर शहिदको चाहना, नेपाली जनताको चाहना पूरा भएको छैन” एक शहिद आमाको इच्छाको वर्णन गर्दै महासचिव चन्दले भने, “दुःख नपाएको कोही कम्युनिष्ट नेता छैन, मृत्युको मुख नजिक नपुगेको कुनै नेता छैन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!