२०८३ श्रावण ३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भोक्राहा नरसिंह, २४ फागुन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा १११औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा वकतृत्वक कला प्रतियोगिता सम्पन्न भएको छ । सोमबार महिलाको सुरक्षा ,सम्मान र रोजगार, समृद्ध नेपालको आधार भन्ने विषयमा भएको वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा शारदा मावी ढोककी सुलेना पौडेल प्रथम भइन् भने रूपेश मेहता द्वितीय, जनता माविकी प्रियंका साह तृतीय र सुनिल साह तथा सुनिल मण्डल सान्वना भए ।

उनीहरूलाई पुरस्कारसमेत प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी मेहताले बताइन् । पालिकाले प्रथम, द्वितीय, तृतीय र सान्वनालाई क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच सय रुपैयाँ नगद तथा प्रमाण वितरण गरिएको उपाध्यक्ष मेहताले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!