२०८३ श्रावण ३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ फागुन । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसविरुद्ध एक विद्यार्थीले निवेदन दायर गरेका छन् । रंगेली घर भएका कवीर पन्तले आफूलाइ भर्ना नलिएको आरोपमा उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको नीतिविपरीत महेन्द्र मोरङले भर्ना नलिएको भन्दै कवीरले रिट दायर गराएका हुन् । रंगेली-३ का १८ वर्षीय कवीरले फागुन १५ गते शंकरदेव क्याम्पस पुतलीसडकबाट त्रिवि व्यवस्थापन संकायअन्तर्गत सीम्याटको प्रवेश परीक्षा दिएका थिए ।

१९ गते नतिजा आउँदा उनी ५५ प्रतिशतसहित उत्तिर्ण भएका थिए । महेन्द्र मोरङमा २० गते खुलेको फारम खुलेकोले उनी २३ गते फारम भर्न गएका थिए । तर, क्याम्पस प्रशासनले उनी भर्ना हुन नसक्ने जनाएकाे कवीरको आरोप छ ।

‘अरू स्थानबाट प्रवेश दिएकाले महेन्द्र मोरङमा भर्ना हुन नपाउने भनेर भनियो,’ ग्रामीण खबरसँग उनले भने,’तर त्रिविको नीतिमा जहाँबाट प्रवेश परीक्षा दिए पनि भर्ना हुने व्यवस्था छ । विद्यार्थी युनियनसँग सहयोग माग्दा पनि नपाएपछि निवेदन दिएको हुँ ।’

नेपाल विद्यार्थी संघका नेता योगराज दाहालका अनुसार त्रिविको कार्यविधी तथा कानुनविपरीत मनोमानी ढङ्गबाट त्रिवि ब्यवस्थापन संकायको कानुनमा नै नभएको ब्यवस्थाअनुरुप कार्य गरी आवेदन फारम भर्न बन्चित गरी गैरकानुनी कार्य गरेको भन्दै कवीरले महेन्द्र मोरङ क्याम्पस,क्याम्पसको बिबिए बिभाग,त्रि.वि. ब्यवस्थापन संकाय डिनको कार्यालयलाई बिपक्षी बनाइ उच्च अदालत विराटनगरमा अन्तरिम आदेशसहित निवेदन पत्र दर्ता गराएका हुन् ।

साथै महेन्द्र मोरङ आफैंले फागुन २० गते जारी गरेको आवेदन फारम भर्ने सूचनाविपरित गएको हुनाले आफूले प्रकाशन गरेको सूचनासमेत कार्यान्वयन नगरेकाे उनकाे भनाइ छ । यस विषयमा क्याम्पस प्रमुख बाबुराम तिमल्सेनासँग बुझ्न खोज्दा सम्पर्क हुनसकेन ।

No photo description available.

May be an image of text

No photo description available.

No photo description available.

 

 

No photo description available.

No photo description available.

No photo description available.

May be an image of 1 person

No photo description available.

No photo description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!