विराटनगर, ३ चैत । वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर समीर पौडेलले विराटनगरमा पुनः सेवा सुरु गर्ने भएका छन् । यसअघि लामो समय विराटनगरमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियनको रूपमा सेवा दिएका डाक्टर पाैडेल अध्ययनका लागि काठमाडाैँ गएका थिए ।
नाम्सअन्तर्गत वीर अस्पताल र गंगालाल अस्पतालबाट कार्डिलोजीमा डीएम सकेर डाक्टर पाैडेलले पुनः विराटनगरमा सेवा सुरु गर्न लागेका हुन् । उनी विराटनगरको कोसी अस्पताललमा फिजिसियनको रूपमा र रंगेली अस्पतालमा मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी सम्हालेर अध्ययनका लागि गएका थिए । उनले विराटनगरमा रहेर पाँच वर्ष सेवा दिएका थिए ।

तीन वर्षे कार्डयोलोजीको कोर्स सकेर उनले विराटनगर-५ मा रहेकाे मोरङ सहकारी अस्पतालमा सेवा सुरु गर्न लागेका हुन् । मोरङ सहकारी अस्पतालका निर्देशक विकास अधिकारीका अनुसार उनले महिनामा २ पटक बिरामीको स्वास्थ्य परीक्षण गर्नेछन् । आगामी ७ गते शनिबारबाट उनले मोरङ सहकारी अस्पतालमा सेवा दिन सुरु गर्ने अधिकारीले जनाए ।
उनका अनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजी डा. पौडेलले बिरामीको स्वास्थ्य परीक्षण गर्नेछन् । हाल डाक्टर पाैडेल वीर अस्पतालमा कार्यरत छन् ।




