२०८२ आश्विन ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सिन्धुलीमाढी, चैत ५ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर कम्युनिष्ट एकता अहिले पनि आवश्यकता रहेको बताएका छन् ।
प्रेस संगठन नेपाल सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने,  ‘एमाले, माओवादी र अरु कम्युनिष्टहरु पनि एकताबद्ध हुनुपर्छ भन्ने मिसनबाट हामी पछि हटेका छैनौं ।’

‘म फेरि पनि एमालेका साथीहरुलाई कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न अगाडि बढ्न अपिल गर्न चाहान्छु,’ उनले भने, ‘मलाई विश्वास छ, माधवजी लगायत सबै इमान्दार कम्युनिष्टहरु एमालेकाले फेरि एकता प्रकृयामा अघि बढ्न र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न मद्धत गर्नु हुनेछ ।’ अध्यक्ष प्रचण्डले केन्द्रमा जबसम्म सरकार फेरबदलको टुङगो लाग्दैन, तबसम्म प्रदेशमा पनि सरकार फेरबदल भइहाल्छ जस्तो आफूलाई नलागेको बताए ।

‘प्रधानमन्त्रीको नेतृत्व कस्को हुन्छ भन्ने बिषयमा राजनीतिक दलहरुबीच छलफल भइरहेको छ,’ उनले भने,  ‘त्यही छलफलबाट जस्कोमा सहमति हुन्छ, त्यही हुन्छ । सहमति त्यति टाढा छैन । तर मेरो र नेकपा माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी छैन ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको आलोपालो नेतृत्वको लागि आफ्नो दल र नेपाली काँग्रेससँग छलफल भइरहे पनि निष्कर्षमा पुगिनसकेको सुनाए ।

लोकतन्त्र र संविधानका विरुद्ध अझै पनि चलखेल भइरहेको चर्चा गर्दै उनले भने,  ‘लोकतन्त्र, समावेशिता, समानुपातिकता र संविधानविरुद्धको चलखेल रोकिएको छैन । संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने दुस्साहस पूरा हुँदैन । हामी त्यसका विरुद्ध जुनसुकै स्तरको संघर्ष गर्न तयार छौं ।’

२७ वर्ष पुरानो सम्बन्धलाई ताजा गर्ने उद्देश्यले अनौपचारिक भ्रमणमा आफू सिन्धुली आएको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!