२०८२ आश्विन ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

स्याङ्जा, ५ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अब कांग्रेसले सरकारको दाबी गरेर देशलाई निर्वाचनमा लैजानुपर्ने बताएका छन् । नेपाल तरुण दल भीरकोट नगर कार्यसमितिले आज स्याङ्जाको बयरघारीमा आयोजित आमसभामा उनले वर्तमान सरकारले देशलाई निकास दिनुको सट्टा झनै विनाशतर्फ मोडेकाले अब कांग्रेसको नेतृत्वमा सरकार गठन गरी देशलाई निकास दिनुपर्ने बेला आएको बताए ।

जब मुलुकमा अप्ठ्यारो स्थिति आइपर्छ त्यतिबेला कांग्रेसले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको इतिहास रहेको बताउँदै अब पनि देशलाई निकास दिन कांग्रेसले जिम्मेवारी लिनुको विकल्प नभएको धारणा व्यक्त गरे । स्थिर सरकारको कल्पना गरी नेकपालाई जनताले पाँच वर्षको अवधिका लागि चुनेर पठाएकाे बताउँदै उनले भने, ‘जुन अपेक्षा जनताले यो सरकारबाट गरेका थिए त्यो पूरा हुन सक्ने अवस्था नै रहेन बरु विकासभन्दा पनि विनाशतर्फ लैजाने प्रयास भयो, यसलाई अब हामीले रोक्नुपर्ने बेला आएको छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!