
जनकपुरधाम, ३० चैत । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनले निर्वाचनका माध्यमबाट नयाँ कार्यसमितिको चयन गरेको छ । अध्यक्षमा डा. राउतलाई कायम राख्दै अन्य पदमा निर्वाचन गराइएको छ ।
शनिबार अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो । निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ । पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन् । महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन् ।
महासचिव सिंहका अनुसार केन्द्रीय कार्यसमिति अहिलेका लागि २५ सदस्यीय हो । २३ जना सदस्यका लागि निर्वाचन भएको थियो । जसमा ८ जना महिला अटाएका छन् ।
केन्द्रीय कार्यकारिणी समितिका लागि चार हजार पाँच सय प्रतिनिधिले मतदान गरेका थिए ।