२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३ वैशाख । उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागोसहितको टोलीले श्रीमानमाथि साङ्घातिक आक्रमण गरेको भन्दै श्रीमतीले न्यायको लागि आग्रह गरेकी छन् ।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै श्रीमती नीता बस्नेतले न्यायको निम्ति आग्रह गरेकी हुन् । चैत ३० गते सोमबार उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको संरचना निर्माण कार्य रोकिएको विषयमा जानकारी लिन जाँदा उर्लाबारी–८ का नारायण बस्नेतमाथि मेयर फागो सहित ८-१० जनाको समुहले सांघातिक आक्रमण गरेको बस्नेतसँगै नगरपालिका पुगेका उर्लाबारी–९ का इन्द्र लामाले बताए ।

No description available.

नगरपालिका परिसर भित्रै सांघातिक आक्रमणमा परेका श्रीमानलाई उद्धार गर्नको साटो प्रहरीले फागोकै दवाबमा अभद्र व्यवहार कसुरमा मुद्धा चलाएको बताइन ।

बस्नेतकी श्रीमति निता बस्नेतद्धारा जारी गरिएको प्रस विज्ञप्तिमा भनिएको छ, ‘पीडित भण्डारीले मेयर फागो सहितलाई प्रतिवादी बनाएर दिएको उजुरीलाई ठाडो निवेदन भनेर प्रहरीले दर्ता गर्न अस्वीकार गरेर समतामुलक न्यनयको धज्जी उडाएको छ । मुटुको औषधि खाइरहेका मेरा श्रीमानलाई थप सास्ती दिएर जिवन मरणको दोसाँधमा पुर्याएकोले पत्रकार, मानवअधिकारकर्मी लगायत सबै सरोकावालामा जिवन रक्षा र सकुशल रिहाइका लागि पहल गरिदिनुहुन जोडदार माग गर्दछु ।’

प्रत्यक्षदर्शीका अनुसार विष्णु प्रसाद भण्डारी र नारायण बस्नेतलाई नगर प्रमुख फागो सहित उनको भतिजो दुर्गा फागो र मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र घिमालले निर्घात कुटपिट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!