२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, ५ वैशाख । सुनसरीको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताको घरमा आगलागी भएको छ । शनिबार राति अध्यक्ष मेहता तथा स्थानीय बुलाकी मेहताको घरमा आगलागी भएको हो ।

राति सवा दस बजेबाट सुरु उक्त आगलागीबाट स्थानीय बुलाकी मेहताको घरमा पूर्ण रूपमा जलेर नस्ट भएको छ । गहुँ थ्रेसर गर्नेक्रममा भएको सो आगलागी कोशी गाउँपालिका र इनरुवाको दमकलको सहायतामा स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

करिब तीन घण्टामा आगलागी नियन्त्रणमा आएको अध्यक्ष मेहताले जनाएका छन् । उनका अनुसार आगलागीबाट कति क्षति भयो भन्ने पूर्ण विवरण आइसकेको छैन । तथापि, आफ्नो घरमा क्षति भएको उल्लेख गर्दै उनले गहुँ पूर्ण रूपमा जलेर क्षति भएको र छिमेकी बुलाकी मेहताको घर पनि पूर्ण रूपमा जलेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!