
विराटनगर, ९ वैशाख । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका अध्यक्ष महेन्द्र यादवविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ । बुधबार धरानस्थित डुकु होटलबाट युवतीसहित रङ्गेहात पक्राउ परेका उनीमाथि युवतीको जाहेरीको आधारमा प्रहरीले करणी मुद्दा दर्ता गरेको हो ।
बुधबार राति उनी इनरुवाकी १७ वर्षीया युवतीसँग आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् । जागिर लगाइदिने प्रलोभनमा होटल लगेर जबरजस्ती करणी प्रयास गरेको भन्दै युवतीले जाहेरी दिएकी हुन् ।
किशोरीले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धरानले जवरजस्तीकरणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको हो ।
अध्यक्ष हिजो दिउँसो सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सोही आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हो ।