२०८२ आश्विन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । आफूविरुद्ध विपक्षी गठबन्धन सक्रिय भएको बेला प्रधानमन्त्री ओली बुधबार देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनका अनुसार देउवालाई भेट्न प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा लिएर बूढानिलकण्ठ पुगेका हुन् ।

ओलीले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएका छन् । तर काङ्ग्रेसले कुनैपनि हालतमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन नदिने र ओलीलाई असफल बनाउने निर्णय गरिसकेको छ । यही सन्दर्भमा छलफल गर्न ओली देउवा निवास पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!