२०८२ आश्विन १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २४ वैशाख । सरकारले ११ महिनादेखि बन्द रहेको काठ ओसार–पसार र विक्रीवितरण फुकुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व दर बढाएर काठ ओसार–पसार र विक्रीवितरण फुकुवा गर्ने निर्णय गरेको हो ।

गत जेठ १५ देखि वैज्ञानिक वन कार्यक्रमका नाममा अत्यधिक कटान भएको भन्दै सरकारले त्यसरी काटिएका काठ ओसार–पसार र विक्रीवितरण बन्द गरेको थियो । त्यसपछि वन पैदावार व्यवसायी र सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले ती काठ फुकुवा गर्न लामो समयदेखि सरकारको ध्यानाकर्षण गराएका थिए ।

ध्यानाकर्षणपश्चात सरकारले बन्द गरिएको वैज्ञानिक वनअन्तर्गत काटिएका काठको ओसार–पसार र विक्रीवितरण खोल्ने निर्णय गरेको हो । यसअघि काठ खुला गर्न व्यापारीले १ अर्ब रुपैयाँ घुस दिन खोजेको अभिव्यक्ति दिँदा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले विवादित बनेका थिए । बिहीबार मन्त्री आलेकै प्रस्तावमा काठ फुकुवा गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!