
विराटनगर, ३० वैशाख । प्रदेश नं १ मा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । बिहीबार प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै मुस्लिम धर्मालम्बीको महान् चाड ईद (इदुल्ल फित्र) को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।
२०७७ साल चैत २४ गते प्रकाशित राजपत्रमा उल्लेख भएअनुसार शुक्रबार सार्वजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरले जानकारी दिए ।