२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, ७ जेठ । सुनसरीको इनरुवा नगरपालिकामा ९० बेडसहितको आइसोलेसन सञ्चालन भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि इनरुवा नगरपालिकाले प्रत्येक वडामा आइसोलेसन केन्द्र सञ्चालनको अभियानलाई तीव्र पारिरहेको ५ वटा वडामा कोरोना सङ्क्रमितहरूलाई राख्नका लागि अक्सिजन सहितको ९० बेडको आइसोलेसन सञ्चालन गरेको हो ।

नगर प्रमुख राजन मेहताका अनुसार इनरुवा नपा १ नम्बर वडाको रङ्गशाला कवर्ड हलमा १५ बेड, इनरुवा २ राजाजी रामजी माविमा २० बेड, इनरुवा ३ को सामुदायिक भवनमा १५ बेड, इनरुवा ४ को नयाँ वसपार्क भवनमा २० बेड र इनरुवा ५ को तोयानाथ नवर्दा खतिवडा बहुमुखी क्याम्पसमा २० मा गरी ९० बेडको आइसोलेसन संचालनमा ल्याइएको हो ।

इनरुवाका नागरिकलाई कोरोनाबाट बचाउनका लागि सबै खालको सहयोग गर्न तयार रहेको बताउँदै नगर प्रमुख मेहताले सङ्क्रमितहरूलाई औषधी सहितको प्याकेज वितरण र गम्भीर खालका बिरामीका लागि धरान र विराटनगरको कोभिड अस्पतालसँग उपचारका लागि समन्वय भइरहेको बताए । मेहताले जोखिममा रहेका र संक्रमति बढी देखिएको वडा तथा टोलमा पीसिआर परीक्षण निःशुल्क रुपमा गर्ने गरी वडाहरूमा स्वाब सङ्कलनको काम पनि जारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!