२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

राजीव कुशवाहा
विराटनगर, ७ जेठ । नेपाल कुशवाहा कल्याण समाजले कोरोनाबाट संक्रमितहरूका लागि राहत सङ्कलन र वितरण महाअभियान सुरु गरेको छ । दोस्रो चरणको महामारी कोरोनाबाट जोखिममा परेका, विपन्न पीडित परिवारका लागि कुशवाहा समाजले राहत सङ्कलन र वितरण अभियान सुरु सुरु गरेको हो ।

गुनान्द महतोको संयोजकत्वमा  २५ सदस्यीय कोरोनाविरुद्ध कुशवाहा राहत सङ्कलन र वितरण समितिको गठनसमेत गरिएको छ । उक्त समितिले हाल विराटनगरबाट राहत सङ्कलन तथा वितरण गर्नै कार्य सुरु गरेको छ ।

विराटनगरमा रहेका कुशवाहा परिवारलाई पहिल्घो चरणमा र-घरमा गई प्रत्येक घरमा परिवारको संख्याअनुसार मास्क र सेनिटाइजर वितरण गरिरहेको संयोजक महतोले बताए । उनका अनुसार दुई-तीन दिनपछि अर्को चरणमा अति विपन्न कुशवाहा परिवारलाई चामल,चुउरा, दाल, नुन, तेल, माक्स र सेनिटाइजर वितरण गरिनेछ ।

पहिलो चरणका लागि नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय उपाध्यक्ष जयप्रकाश महतोले सेनिटाइजर तथा माक्स उपलब्ध गराएका थिए । उनका अनुसार कुशवाहा समाजले रगतका लागि पनि समन्वय गरिदिने भएको छ । त्यसका लागि भने श्यामदेव मेहता (९८१९३६६८७५), राजीव कुशवाहा (९८६२०७६७१६) र रूपक मेहता (९८०२७७०३३४) लाइ सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!