
सुनसरी, ७ जेठ । बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पतालमा धरानमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बिपी प्रतिष्ठानका सह प्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार उपचाररत सप्तरी कन्चनपुरका पुरुषको मृत्यु भएको हो । सप्तरी कन्चनपुर ८ का २८ वर्षीय पुरुषको शुक्रवार बिहान मृत्यु भएको हो ।
वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ज्येष्ठ ६ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसै गरी, धरान–१७ का ६५ वर्षीय पुरुषको बिहीबार राती मृत्यु भएको जनाइएको छ । उच्च रक्तचाप र मधुमेहबाट पीडित उनमा ज्येष्ठ १ गते कोरोना संक्रमण पुष्टि भएको उनलाई ज्येष्ठ ६ गते अस्पतालको कोभिड–१९ अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो ।