
विराटनगर, ८ जेठ । विराटनगरस्थि कोसी कोभिड–१९ उपचार केन्द्रलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अक्सिजन सिलिण्डर सहयोग गरेको छ । शनिरबार माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरीले कोसी कोभिड अस्पतालका प्रशासन प्रमुख नवराज लुइँटेललाई ९ थान ठूलो अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् ।
४७ लिटरको नौ थान अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेपछि चौधरीले आफूहरुको सानो सहयोगबाट अरू कसैको ज्यान बच्नसक्नेमा आफू विश्वस्त रहेको बताइन् । ‘अहिले कोभिड महामारीको बेला हाम्रो सानो प्रयासले कसैको ज्यान जोगाउन सकिन्छ भनेर नै त्यो काम गर्न खोजेको हो । यदि, सकिन्छ भने हामी सबैले सानै भएपनि केही प्रसास गरौँ,’ उनले भनिन् ।
यसअघि फरवार्ड माइक्रोफाइनान्सले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान अक्सिजन सिलिण्डर, विराट शिक्षण अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो ।