
इटहरी, ११ जेठ । इटहरी उपमहानगरपालिकामा उपमेयर सुत्केरी भेट कार्यक्रम प्रभावकारी देखिएको छ । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई उपमेयर लक्ष्मी गौतमले पौष्टिक खानासहित घरमै पुगेर भेटघाट गर्ने कार्यक्रम सुत्केरी भेट कार्यक्रम हो ।
उपमेयर गौतमले मङ्गलबार मात्र १० जना सुत्केरीलाई घरमै पुगेर भेट गरेकी छन् । दैनिक ज्यालादारी गरेर गरेर जिविकोपार्जन गर्ने परिवारमा वन्दवन्दिले जटिलता भइरहेको बेला पौष्टिक खानासहित उपमेयर घरमै आइपुग्दा सुत्केरीहरू खुसी भएका छन् ।
‘सुत्केरीहरूले इटहरी अस्पतालमा सुत्केरी गराएकाहरूको घरमा उपमेयर आउनुहुन्छ भन्ने सुनेका थियौँ कहिले आउनुहोला भनेर बाटो कुरेर बसेको प्रतिक्रिया दिए’, उपमेयर गौतमले भनिन् ।
उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरूको सङ्ख्यासमेत बढेको छ ।