२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, १४ जेठ । सुनसरीमा थप एक साता लकडाउन थपिएको छ । कोरोना भाइरस सङ्क्रमण बढ्नेक्रम जारी रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सुनसरीले जेठ २२ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा थपेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका जेठ २२ गते राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा थपिएको हो । त्यस अवधिमा जिल्लामा औषधि पसल तथा अस्पतालबाहेक अन्य कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने प्रजिअ ढकालले बताए ।

जोखिम कायमै रहेका कारण पुनः निषेधाज्ञा थपिएको बताउँदै प्रजिअ ढकालले निषेधाज्ञा उल्लङ्घन गरेको पाइए ६ महिना कैद वा तीन लाखसम्म जरिवाना हुने बताए ।

‘सङ्क्रमणको दर हालसम्म उच्च रही मानवीय क्षतिसमेत भइरहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा कडा गरेका हौँ’, उनले भने, ‘सबैले पालना गरेमा कोरोना रोकथाम सम्भव छ ।’ यस्तै अस्पतालबाहेकका अन्य व्यवसाय सञ्चालनमा रोक लगाइएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!