
सुनसरी, २३ जेठ । सुनसरी गढी गाउँपालिकामा इन्भर्टरबाट लाइन जोड्नेक्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी गाउँपालिका-२ औरावनी काली मन्दिर टोल २६ वर्षीय बाबुलाल यादव रहेका छन् ।
शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागे उनी घाइते भएका थिए । उनको उपचारको लागि लाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।