२०८२ आश्विन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ जेठ । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिमा गलत संस्कार बसेकाे बताएका छन् । आइतबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

निर्वाचन घोषणा भइसकेको अवस्था, संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको र त्यो बेला आफूलाई बचाउनको लागि मात्र ओलीले सरकार विस्तार गरेको हो या निर्वाचन नगर्नको लागि प्रष्ट नभएको कोइरालाको भनाइ छ ।

निर्वाचनको मिति तोकिसकेपछि सरकार विस्तार गर्नु नै गलत भएको बताउँदै उनले भने, ‘कुन बाध्यता परेको हो, संविधानको विरोध गर्ने समूहलाई सरकारमा ल्याउनु परेको ? आचारसंहिता लागिसकेको अवस्थामा सरकार विस्तार भएको छ । गलत संस्कार बसेको छ राजनीतिमा । तत्काल अहिले बनाउनुपर्ने जरुरी के थियो ?’

संसद् पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि त्यो सरकारले पनि निर्वाचन नै गर्ने बताउँदै कोइरालाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँगको मेलमिलाप संसद् पुनःस्थापना नै भएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!