
कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
२००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी थिए । उनी पञ्चायतकालदेखि सक्रिय राजनीतिमा छन् । उनले २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा पाइला टेकेका थिए ।
विभिन्न आन्दोलनमा ५–६ पटक जेल पनि परेका उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।